‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजामा सुरु भयो महिला क्रिकेट प्रशिक्षण

स्याङ्जा | बैशाख ३०, २०८१

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजामा सुरु भयो महिला क्रिकेट प्रशिक्षण

पोखरा:      ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजा जिल्लामा १० दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रादेशिक क्रिकेट संघको ब्यवस्थापनमा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले शुभारम्भ गरेका छन् । 


सो अवसरमा बोल्दै सदस्य सचिव शर्माले खेल्छ गण्डकी कार्यक्रम जनजनमा खेलकुद कार्यक्रमको पहुँचका लागि परिषदको महत्वकाँक्षी योजना मध्येको एक कार्यक्रम रहेको जनाउँदै गण्डकीमा महिला क्रिकेटका लागि उर्वर भूमी समेत रहेकोले कार्यक्रम मार्फत अझै उर्जावान खेलाडीहरु उत्पादन हुनेमा परिषद विश्वस्त रहेको बताए । 


परिषदले प्रदेशको खेलकुद विकासका लागि अभियान नै चलाएको बताउँदै उनले खेल संघहरुलाई संस्थागत सुधार संगै जवाफदेहिता पारदर्शितालाई मुख्य आधार बनाएको उल्लेख गरे । उनले भने–“संघहरुले गर्ने व्यवहार, कार्यक्षमतामा सुधार, पारदर्शी बनाउँदै अघि बढनु आजको आवश्यक्ता हो ।” खेलाडीहरु मैदानमा मात्रै नभई समाज रुपान्तरणका लागि समेत आफूलाई स्थापित गर्दै अघि बढ्नुपर्ने औंल्याए । 


प्रदेश खेलकुद परिषद खेलाडीहरुको हितका लागि संधै चिन्तित रहेको जनाउँदै खेलाडीको समस्याका बारेमा राजनितिक दलका नेताहरुले खेलकुदमा विश्वासको वातावरण जगाउनु पर्ने सदस्य सचिब शर्माले बताए । खेल्छ गण्डकीमार्फत नयाँ खेलाडीहरुको खोजी गर्दै उनीहरुलाई आफ्नो क्षमता अनुसार खेलकुदको मार्गमा अग्रसर गराउँदै खेल संस्कृतिको विकास गराउनु कार्यक्रमको अर्को ध्येय रहेको उनको भनाई थियो । 


खेलकुद क्षेत्र लैङ्गिक विभेद नभएको एक मात्र क्षेत्र रहेको जनाउँदै यो अभियानलाई समाजको तल्लो तह सम्म लैजानु पर्ने सबैको दायित्व रहेको सदस्य सचिब शर्माले बताए । खेल्छ गण्डकी मार्फत यो वर्ष सम्पूर्ण कार्यक्रम महिलातर्फ केन्द्रित गरिएको जनाउँदै समाजमा पछि परेका वर्गहरुलाई समेटन कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले जनाए । 


कार्यक्रममा आफ्ना भनाई राख्दै राष्ट्रिय यू–१९ टिमका प्रमुख प्रशिक्षक प्रशिक्षक जगत बहादुर टमाटाले प्रदेश खेलकुद परिषदले खेल्छ गण्डकी कार्यक्रममार्फत महत्वपूर्ण कार्यक्रम अघि सारेकोमा खुसी व्यक्त गर्दै यसले यूवा खेलाडी उत्पादनमा भूमिका खेल्ने बताए । उनले भने–“यो कार्यक्रम महत्वपूर्ण हुनेछ । प्रदेश खेलकुद परिषदले नेपाली महिला क्रिकेट विकासका लागि अघि सारेको यो कार्यक्रम सर्हानिय छ ।’


प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको १० दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति स्याङजाका सचिव रत्न गुरुङले समेत आफ्नो भनाई राखेका थिए । 


प्रशिक्षण कार्यक्रममा विभिन्न ६ जिल्लाका ३५ जनाको सहभागिता रहेको छ । उनीहरुलाई राष्ट्रिय यू–१९ टिमका प्रमुख प्रशिक्षक जगत बहादुर टमाटा, प्रादेशिक क्रिकेट गण्डकीका मुख्य प्रशिक्षक रिजन प्रजु र महिला टोलिका प्रशिक्षक  गोवीन्द प्रधानले प्रशिक्षण दिनेछन् । प्रदेश क्रीकेट संघ गण्डकीका कोषाध्यक्ष तथा स्थानीय कार्यक्रम संयोजक दिवाकर थापाले खेलाडीहरुको टेक्निकल अनेलिस्टको रुपमा प्रशिक्षण कार्यक्रमलाई सहजीकरण गर्न छन।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्